arrow

चट्याङ लागेर प्रजाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
lighiting-chatank.jpg

हेटौँडा । मकवानपुरको हेटाैँडा उपमहानगरपालिका वडा नं १५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका वडा नं १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजा छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार दैनिक उपभोगका सामान खरिद गर्न किराना पसलमा गएका बेला चट्याङ लागेर प्रको मृत्यु भएको हो ।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको डीएसपी अर्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ