arrow

साढे तीन घण्टासम्म देखियो यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
blood-moon-ai.jpg

काठमाडौं। भाद्र शुक्ल पूर्णिमाको अवसरमा आइतबार राति यस वर्षको पहिलो खग्रास (पूर्ण) चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यो ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गरेर राति १ बजेर ४१ मिनेटमा समाप्त भएको थियो।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, यो चन्द्रग्रहण काठमाडौंबाट साढे तीन घण्टासम्म देखिएको थियो। जब पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा यसको छाया चन्द्रमामा पर्छ, तब खग्रास चन्द्रग्रहण लाग्छ।

समितिले यस वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ