arrow

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व, जानुकाको प्यानल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
januka-parajuli-adhikari.jpg

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका पराजुली अधिकारीको प्यानल नै विजयी भएको छ । संघको १५औँ अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमार्फत राजेन्द्र ओझाको समूहलाई हराउँदै अधिकारी समूह विजयी भएको हो ।

योसँगै संघले तीन दशकको इतिहासमा पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ ।

अध्यक्षमा विजयी जानुकाले नौ सय ९६ र राजेन्द्रले आठ सय ३३ मत प्राप्त गरे । यस्तै, जानुका समूहबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बातोला नौ सय ६६, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य एक हजार एक सय ५०, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई एक हजार दुई सय १८, महासचिवमा भरतराज ओझा नौ सय ५५, उपमहासचिव गंगा मल्ल एक हजार ६६, कोषाध्यक्षमा हरि बस्ताकोटी एक हजार २७ मत प्राप्त गरी विजयी भए ।

यसैगरी खुला सदस्यमा सुजन न्यौपाने एक हजार ७२, प्रतीक्षा रानाभाट एक हजार४०, भवीन्द्र पुन एकहजार ३६, वीरेन्द्रराज भुर्तेल नौ सय ७७, दीपक अधिकारी नौ सय ६०, प्रभा पौडेल लामिछाने नौ सय ४४, कृष्णप्रसाद तिमिल्सिना आठ सय ८३, सन्दीप बुढाथोकी आठ सय ८३, शर्मिला श्रेष्ठ एक हजार एक सय ८४, गंगा सापकोटा परियार नौ सय १०, एसोसिएट सदस्यमा दयाराज भण्डारी २७ मत प्राप्त गरी विजयी हुँदा संस्थागत सदस्यमा वीरभद्र कंडेल निर्विरोध निर्वाचित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ