माइडिया दसैँ-तिहार २०८२ ‘बाइ एण्ड विन जूम’ योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
509
Shares
काठमाडौँ। सीजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड माइडिया को तर्फबाट यस वर्षको दसैँ–तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘माइडिया बाइ एण्ड विन जूम.’ योजना घोषणा गरेको छ। यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरूले माइडियाका होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन्।
उपभोक्ताहरूले खरिदपश्चात् उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्र मा सहभागी हुन सक्नेछन्।
माइडिया विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिति २०० भन्दा बढी मुलुकमा रहेको छ। नवप्रवर्तन, गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय छ।
सीजी इलेकट्रोनिक्स नेपालमा होम अप्लायन्स र कन्ज्युमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो। सीजीको विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताहरूले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन्।
यस दसैँ-तिहार, माइडिया र सीजी इलेकट्रोनिक्ससँगै उपभोक्ताहरूका घर–घरमा नयाँ उमङ्ग, सुविधा र खुसी ल्याउने लक्ष्य लिएको छ।