काठमाडौं। जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले आज (मंगलबार) भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले यसअघि नै संसद भवनमा पनि आगो लगाएका थिए। आन्दोलनले उग्र रूप लिएपछि राप्रपा र रास्वपाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिन थालेको खबर छ।