नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
970
Shares
काठमाडौँ । भारतको विदेश मामिला मन्त्रालयले सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै आन्दोलनका क्रममा धेरै युवाको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
भारतले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र शान्तिपूर्ण संवादमार्फत कुनै पनि विषयको समाधान खोज्न आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँ र अन्य धेरै सहरमा लगाइएको कर्फ्यूलाई पनि ध्यानमा राखेको बताएको छ।
साथै, मन्त्रालयले नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न सल्लाह दिएको छ।