arrow

आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
TIA Kathmandu.jpg

काठमाडौँ । काठमाडौं उपत्यकामा जेन-जी पुस्ताले गरेको उग्र प्रदर्शन र आगजनीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रूपमा प्रभावित भएको छ। विमानस्थलको दक्षिणतर्फ देखिएको ठूलो आगलागी र धुवाँको मुस्लोले हवाई सुरक्षामा जोखिम बढेपछि उडानहरू रोकिएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, आजको लागि आन्तरिक उडान पूर्ण रूपमा बन्द गरिएको छ। अन्तर्राष्ट्रियतर्फका उडानहरू पनि प्रभावित भएका छन्। भारतको मुम्बई, नयाँ दिल्ली, थाइल्याण्डको बैङ्कक र बङ्गलादेशको ढाकाबाट आएका आधा दर्जनभन्दा बढी विमानहरू आकाशमा 'होल्ड' मा छन् भने एउटा विमान 'डाइभर्ट' भएको छ।

पछिल्लो जानकारीअनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज राति १ बजेसम्मका लागि सम्पूर्ण उडान बन्द गरिएको छ। यसले गर्दा विभिन्न गन्तव्यबाट आएका अन्तर्राष्ट्रिय उडानका विमानहरूलाई पनि डाइभर्ट गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ