arrow

चितवनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
Chitwan-hamrakura.jpg.jpeg

चितवन। चितवन जिल्लामा जारी कर्फ्यू आदेश हटाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भदौ २४ गतेदेखि लगाइएको कर्फ्यूलाई हटाएर निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन्।

आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएपछि जिल्ला सदरमुकामका बैंक तथा वित्तीय संस्थाहरू दिउँसो १ बजेसम्म खुल्ला रहनेछन् भने सरकारी कार्यालयहरू पनि सञ्चालनमा आएका छन्। प्रजिअ अर्यालले निषेधाज्ञाको पूर्ण कार्यान्वयन गर्दै क्रमशः जनजीवनलाई सहज बनाउँदै लगिने बताएका छन्। अहिले सडकमा सवारीसाधनको आवागमन पनि सहज हुँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ