arrow

दोलखाकी स्वस्थानी खड्काको पोखरामा जलेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
deathbody-khadka.jpg

पोखरा । पोखरामा आगोले जलेको अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

ती महिला दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ८ छेत्रपाफेदीकी स्वस्थानी खड्का रहेको बताइएको छ । 

खड्का काठमाडौंमा काम गर्ने भए पनि कामको शिलशिलामा पोखरा आएकी थिइन् ।

उनको शव लिन भिनाजु र भाइ पोखरा आएका छन् भने दोलखामा रहेका स्वस्थानीका बुबाआमा काठमाडौं जाँदै छन् ।

स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

उनी के कारणले त्यहाँ पुगेकी थिइन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ