arrow

सबै समस्याको समाधान चालु संविधानबाटै गर्न मागसहित कांग्रेसको प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
cong-balaju-82-5-26.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेताहरू सडकमा उत्रन थालेका छन् । बिहीबार उनीहरू संविधानको रक्षार्थ सडकमा उत्रिएका हुन् । देशैभरका कांग्रेस निकट नेता तथा भ्रातृ संगठनका नेता कार्यकर्ता संविधानको रक्षार्थ सडकमा उत्रिएका हुन् । 

२०६२–६३ को जनआन्दोलन र त्यसबाट प्राप्त उपलब्धिसँगै जनताका प्रतिनिधिले पहिलो पटक लेखेको अहिलेसम्मकै उत्कृष्ट मानिएको संविधानलाई मिचेर जेन–जीसँग नेपाली सेनाले गरेको वार्ता र राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रका नाममा सम्बोधनसमेत गर्न नदिइएको अवस्थामा कांग्रेसजन स्वतस्फूर्त सडकमा आउन थालेका हुन् । 

सोमबारको जेन–जी आन्दोलनमा सरकारको दमन र मंगलबारको जेन–जीको भौतिक संरचना नष्टदेखि छानीछानी नेताहरुलाई पिट्ने सम्मको हर्कतपछि निकै नै त्रासमा रहेका उनीहरु बिहीबारदेखि सडकमा उत्रिएका हुन् । 

सो क्रममा काठमाडौँका विभिन्न स्थानमा कांग्रेसका नेता-कार्यकर्ता सडकमा उत्रेर खबरदारी गरिरहेका छन् ।  कांग्रेस नेता तथा कार्यकर्ता सडकमा उत्रिएर संविधान रक्षाका लागि आह्वान गरिरहेका छन् । 

उनीहरूले बन्दै गरेको सरकार पनि संविधानअनुसार नै हुनुपर्नेमा जोड दिएका छन् । 

बालाजुको नेपालटारबाटसमेत संवैधानिक सर्वोच्चता, राष्ट्रपतिलाई सार्वजनिक गर्न, जेन-जीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पूरा गर्न र सबै समस्याको समाधान चालु संविधानबाटै खोज्न माग गरिएको छ ।

बालाजुबाट कांग्रेस नेता सुशील भट्टले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि जेन-जी युवा समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनमा 'नानीबाबुहरुको निधन भएकोमा मर्माहत भएको छु', भनेका छन् । उनले तत्काल राष्ट्रपतिलाई सार्वजनिक गर्दै राष्ट्रपतिमार्फत नै संविधानअनुसार नयाँ सरकार गठनका लागिसमेत माग गरेका छन् । 
 

con-82-5-26-bal (23).jpg
con-82-5-26-bal (22).jpg
con-82-5-26-bal (21).jpg
con-82-5-26-bal (20).jpg
con-82-5-26-bal (19).jpg
con-82-5-26-bal (18).jpg
con-82-5-26-bal (17).jpg
con-82-5-26-bal (16).jpg
con-82-5-26-bal (15).jpg
con-82-5-26-bal (14).jpg
con-82-5-26-bal (13).jpg
con-82-5-26-bal (12).jpg
con-82-5-26-bal (11).jpg
con-82-5-26-bal (10).jpg
con-82-5-26-bal (9).jpg
con-82-5-26-bal (8).jpg
con-82-5-26-bal (7).jpg
con-82-5-26-bal (6).jpg
con-82-5-26-bal (5).jpg
con-82-5-26-bal (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ