arrow

राष्ट्रपति र सभामुखबीच भेटवार्ता: राजनीतिक निकासबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
rastrapati-sabamukh.jpg
तस्बिर फाइल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बीच बिहीबार भेटवार्ता भएको छ। भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा गहन छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताएका छन्।

भदौ २३ गतेपछि देशमा विकसित राजनीतिक घटनाक्रम र उत्पन्न परिस्थितिलाई लिएर दुई उच्च पदाधिकारीबीच छलफल भएको बताइएको छ। यस भेटलाई वर्तमान राजनीतिक संकट समाधानका लागि महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ