शीतल निवासबाटै निकास दिँदै राष्ट्रपति पौडेल, बाहिरिए प्रधानसेनापति, कार्कीसहितसँग कुराकानी हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
2.6k
Shares
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन् । बिहीबारसम्म जंगी अड्डामा बोलाएर जेन–जी पुस्तासहित विभिन्न व्यक्ति र समूहसँग छलफल गरेका प्रधान सेनापति सिग्देलले शुक्रबार भने राष्ट्रपति पौडेलसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा छलफल गरेका हुन् ।
उनी दिउँसो राष्ट्रपति पौडेलसँग छलफल गरी राष्ट्रपति भवनबाट बाहिरिएका हुन् । झण्डै आधा घण्टा शीतल निवासमा बसेका सिग्देलले के विषयमा छलफल गरे भन्ने खुलेको छैन ।
विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको अनुमान गर्न सकिन्छ । यसअघि राष्ट्रपति पौडेल केही दिन भने राष्ट्रपति कार्यालयमै बसेका थिएनन् ।
जेन–जी आन्दोलनकारीले राष्ट्रपति भवन पनि जनाएका थिए । त्यही जलेको भवनमा अहिले राष्ट्रपतिले वार्ता गरी अन्तरिम सरकारको नेतृत्व चयन गर्दैछन् ।
राष्ट्रपतिले जेन–जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसअघि बिहीबार राति सहमति नजिक पुगेर पनि सुशीला कार्कीलाई शुक्रबार बिहानै शपथ खुवाउने तयारी रोकिएको थियो ।
जेन–जीभित्र संसद विघटन गरेर प्रधानमन्त्रीको शपथ खुवाउने वा विघटन नगरीकनै शपथ खुवाउने भन्नेमा विवाद भएसँगै बिहानको शपथ रोकिएको थियो ।
रात रहे अग्राख पलाउँछ भनेझैँ अब कुन मोडमा राजनीति अगाडि बढ्छ भन्ने यकिन छैन ।