संसद विघटन गरी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइने सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
4.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सुशीला कार्की प्रधानमन्त्री बन्ने भएकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधि सभा विघटन गर्न सहमत भएसँगै पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो ।
आन्दोलनरत जेन–जी युवाहरूको मागअनुसार नै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार आजै उनी नियुक्त हुनेछिन् । राति नै शपथ हुनेछ । यसअघि संसद विघटन नगरी नै अन्तरिम प्रधानमन्त्री बनाउने भनिएपछि जेन-जीहरु विभाजित भएका थिए ।
आज बिहानै शपथको तयारी गरिएको भए पनि गएरातिको वार्ता अन्तिम घडीमा सहमतिमा पुगेको थिएन । संसद विघटन नगरी नै अन्तरिम प्रधानमन्त्रीको शपथ खुवाउने भनेसँगै वार्ता भाँडिएको थियो ।
आज बिहानदेखि नै वार्ता बसेर बेलुकी मात्र सहमति जुटेको हो ।