अर्जुननरसिंह केसीले सुझावसहित दिए प्रधानमन्त्री कार्कीलाई बधाई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
4.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई सुझावसहित बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले संविधान रक्षाको सफथ र भ्रष्टाचार नियन्त्रणको दृढ अठोटमा सफलताका लागि सोही अनुरुपको ब्यवहारकुशलता, उच्चतम विवेक र सबै पक्षको साथ–सहयोग जुटाउन सफल हुने आशा गरेको बताएका छन् ।
नेता केसीले चार ओटा काम महत्वपूर्ण भएको जनाएका छन् ।
यस्तो छ उनको सुझावसहितको बधाई तथा शुभकामना- सं. प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्य कालको हार्दिक शुभकामना !
नेपालको पहिलो महिला प्रधानन्यायाधीस हुनु भएकी श्रीमती सुशीला कार्कीजीले पहिलो महिला प्रधानमन्त्री बनेर पनि नयाँ रेकर्ड बनाउनु भाएको छ। उहाँलाई हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको लागि शुभकामना छ ।
देशको जटिलतम चुनौती पूर्ण र अस्तव्यस्त अवस्थामा तपाईं प्रधानमन्त्री हुनुभएको छ। तपाईंको शुद्ध मनसाय ,दृढता र डेस्क लागि। केही गरौं भन्ने भावना मैले व्यक्तिरुप ले पनि राम्रो संग बुझेको छु। तर तपाईं लाई संविधान बाद र लोक तंत्र माथि नै प्रथम प्रहरको खुड्किलो बनाउने दुस्प्रयात्न हुन सक्छ भन्ने ख्याल राख्न नभुल्नु होला। संविधान रक्षाको सफथ र भ्रष्टाचार नियन्त्रण को दृढ अठोट मा सफलताका लागि सोही अनुरुपको ब्यवहारकुशलता, उच्चतम विवेक र सबै पक्षको साथ–सहयोग जुटाउन सफल हुनुहोला भन्ने आसा गरेको छु।
२०४६ पछि अहिले तेस्रोपटक देश अप्रिय परिस्थिति र परिणामको रुपमा अन्तरिमकाल बाट गुज्रिदैछ । वर्तमान संविधान, समावेशी लोकतन्त्र, संविधानवादको व्यवस्था र अवस्था के हुन्छ ? भन्ने प्रश्नबाट देश र आम जनमानसमा कौतुहलता छ । नवयुवा ( Gen Z ) पुस्ताको सडक आन्दोलन र ५१ जना नागरिकको बलिदानसँगै फैलिएको देशब्यापी आगजनी, हत्या,डकैती, खर्बौंको क्षति, अस्तव्यस्तता र शिथिल वातावरणलाई सम्हालेर राष्ट्रलाई संविधानले प्रत्याभूत गरेको व्यवस्थाबाट हिंडाउन सकेमात्र तपाईंको सफलता प्रमाणित हुनेछ ।
सं. प्रधानमन्त्री सुशीला जी स्वयं संविधान, कानुन र विधिको शासनका उच्चस्तरीय विज्ञका साथै आफै लोकतान्त्रिक आन्दोलनमा सरिक र भ्रष्टाचार बिरोधी अभियन्तासमेत हुनुभएकोले वर्तमान संविधानलाई अक्षर र भावनाअनुरुप हिंडाउने भूमिकामा सन्देह नगरी हालौ । तर यतिमात्रले उहाँको सफल कार्यकाल पूरा हुँदैन ।
१–घोषित मितिमा संसदको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने ।
२–जेन–जी आन्दोलनमा भएको जनधनको अभूतपूर्व क्षतिमा न्याय निरुपण, क्षतिपूर्ति, युद्धस्तरमा पुनर्निर्माण, आन्दोलनको क्रममा भएका अपराधी गतिविधिका दोषीलाई पहिचान गरी कानुनको कठघरामा पुर्याउने।
३– जेन–जी आन्दोलनमा उठाईएका मागहरूलाई सम्वोधन गर्ने ।
र ४–चर्चित महाभ्रष्टाचारका काण्डहरूउपर शक्तिशाली न्यायिक आयोग गठन गरी अनुहार हेरी होइन कसूर हेरी निर्भीक र निष्पक्ष छानबिन र कारवाहीको प्रक्रिया शुभारम्भ गरिहाल्ने कर्तब्यको कसीमा तपाईंको सफलताको मूल्याङ्कन हुनेछ ।
तपाईं लाई पुनः बधाई तथा सफल कार्यकालको शुभकामना !