arrow

उदार आयल निगम

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, आयल निगमले चाडपर्व छुट दियो

मुलुकको विशेष परिस्थिति र आसन्न चाडपर्वको अवसर पारेर मूल्यवृद्धि नगरी साविककै मूल्यलाई यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले नबढाउने निर्णय गरेको छ । उसले चाडपर्व छुट दिने गरी मूल्यमा पुरानै कायम गरेको हो । 

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा तथा डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको थियो । 

निगमले प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको विशेष परिस्थिति र आसन्न चाडपर्वको अवसर पारेर मूल्यवृद्धि नगरी साविककै मूल्यलाई यथावत् गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ