arrow

आन्दोलनमा क्षति पुगेका उद्योगको पुनर्निर्माण र दोषीलाई कारबाही गर्न महासंघको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
chandra-jee.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले जेन-जी आन्दोलनका क्रममा उद्योग तथा व्यवसायमा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।

बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया र उपेन्द्र महतोको घर लगायतका क्षतिग्रस्त स्थानहरूको अवलोकन गरेको थियो। अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ढकालले मुलुकका हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्‍याइने गरेको भन्दै आगामी दिनमा यस्तो हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

अध्यक्ष ढकालले लगानीको सुरक्षा सुनिश्चित नभएसम्म नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने कुरामा जोड दिए। उनले भने, "जहिलेसम्म सुरक्षाको सुनिश्चितता हुँदैन, तबसम्म लगानीको सम्भावना छैन।" उनले हालै भएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी नियतवश यस्ता कार्य गर्नेहरूलाई कारबाही गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए।

उनले २०४६ सालयताका सबै आन्दोलनमा निजी क्षेत्रलाई निशाना बनाइएको गुनासो गरे। यद्यपि, उनले निजी क्षेत्र अब अझ उच्च मनोबलका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ