बागमती। मकवानपुर जिल्लाका विभिन्न स्थानीय तह र हेटौँडा उपमहानगरपालिकामा किसानका पशुचौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ। पशु सेवा कार्यालय मकवानपुरले सञ्चालन गरेको खोप अभियानपछि रोगको फैलावट रोकिएको हो।
पशु सेवा कार्यालयका प्रमुख डा. बृजकिशोर ठाकुरले खोरेतबाट धमाधम पशुहरू मर्न थालेपछि खोप अभियान सुरु गरिएको र अहिले रोग नियन्त्रणमा आइसकेको बताए।
भदौको पहिलो सातादेखि सुरु गरिएको खोप अभियानका क्रममा जिल्लाका सबै १० वटै पालिकामा गरी करिब ५ हजार पशुलाई खोप लगाइएको छ। सबैभन्दा बढी खोप हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा २३ हजार पशुलाई लगाइएको छ।