arrow

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफल

सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु हो - गृहमन्त्री अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
om-aryal-22.jpg

काठमाडौं। गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पारेका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनले निर्वाचन गराउन नसके सरकार असफल हुने र आफूहरू असफलताको धब्बा नबोक्ने बताए।

मन्त्री अर्यालले निर्वाचनप्रति कुनै पनि शङ्का नगर्न आग्रह गरे। उनले भने, "यो सरकार निर्वाचनको म्यान्डेट लिएर आएको हो, त्यसैले हामी अर्जुनदृष्टि राखेर काम गरिरहेका छौँ।"

जेन-जी आन्दोलनका कारण धेरै युवाले निर्वाचनमा भाग लिन नपाउने स्थिति आएकाले त्यसलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएर विद्यमान कानूनी बाधा हटाउने उनले जानकारी दिए।

अर्यालले स्वतन्त्र, स्वच्छ र भयरहित निर्वाचनका लागि निर्वाचन आयोग, सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलगायत सबै सरोकारवालाहरूको साझा सहमति आवश्यक रहेकोमा जोड दिए। उनले मितव्ययी ढङ्गले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

मन्त्री अर्यालले निर्वाचन प्रणालीलाई कम खर्चिलो र पारदर्शी बनाउने उपायहरू खोज्न आयोगलाई निर्देशन दिएका छन्। उनले विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि आवधिक निर्वाचनमा सहभागी हुने अवसर प्रदान गर्न सरकार इच्छुक रहेको बताए। यसका लागि आवश्यक कानूनी र अन्य प्रबन्ध मिलाउन आयोगलाई निर्देशन दिइएको छ।

उनले आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको क्षतिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकता दिने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ