arrow

जापानमा उपभोक्ता मूल्य लगातार बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
japan-flag.jpg

काठमाडाैँ। जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २दशमलव७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३दशमलव१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो ।

यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला नौ महिनामध्ये सबैभन्दा कम हो ।

ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३ दशमलव ३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो ।

ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८दशमलव० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८शमलव३ प्रतिशतभन्दा थोरै कम हो ।

उता, इन्धनको मूल्य भने ३दशमलव३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०दशमलव३ प्रतिशतको गिरावटभन्दा बढी हो ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ