'अवस्थाको सम्बोधन कांग्रेसको विशेष महाधिवेशन’ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
1.2k
Shares
तम्घास । शुक्रबार देशभर संविधान दिवस मनाइएको छ । २०७२ को संविधान लेख्न सक्रिय भूमिका खेलेका दलका नेता तथा कार्यकर्ताले आज संविधान दिवस मनाएका हुन् ।
सो क्रममा नेपाली कांग्रेसले पनि संविधान दिवस मनाएको छ । गुल्मी कांग्रेसले पनि संविधान दिवस मनाएको छ ।
कांग्रेसले तम्घासमा र्यालीसमेत गरेको छ । र्यालीमा जाने कांग्रेस नेता कार्यकर्ताहरुले प्लेकार्ड लिँदै पार्टीमा विशेष महाधिवेशन गरी पार्टीलाई चलायमान गराउन माग गरेका छन् ।
कांग्रेसको अबको यात्रा विशेष महाधिवेशन भनी प्लेकार्डसमेत बोकिएको थियो ।
त्यस्तै वर्तमान अवस्थाको सम्बोधन कांग्रेसको विशेष महाधिवेशन जस्ता प्लेकार्डसमेत बोकिएको थियो ।
जेन–जी आन्दोलनले कांग्रेससमेत सहभागी केन्द्रीय सरकार ढलेसँगै फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।
जेन–जीका मुद्दालाई सम्बोधन गर्न अब नयाँ पुस्ताले कांग्रेसको नेतृत्व गरी नयाँ म्यान्डेटसहित मतदाता सामु मत माग्न जानुपर्ने माग बढेको छ ।