arrow

मधेस प्रदेश सरकारका पूर्णसेवा दशैँपछि मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
satishkumar-singh-cm.jpg

जनकपुरधाम। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन-जीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैँपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।

उनले आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवा पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ ।

यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए ।

प्रदेशसभा भवनसहित मन्त्रालयहको क्षति भएको संरचनाको मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधन पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ