काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरिएको हो।