arrow

फागुन २१ गते जसरी पनि चुनाव हुन्छः सञ्चारमन्त्री खरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
jagdish.jpg

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गराउने म्यान्डेट पाएको बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारे।

मन्त्री खरेलले जनताले महसुस गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, "धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभूति हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाउनेछ।"

उनले भ्रष्टाचार नियन्त्रण एकैपटक नहुने भए पनि यस सरकारले यस विषयमा निर्ममतापूर्वक काम गरिरहेको जनतालाई महसुस गराउन सकिने बताए। उनले कर्मचारीको काममा राजनीतिक हस्तक्षेप नहुने र त्यसले गर्दा उनीहरूले सहज रूपमा काम गर्न सक्ने विश्वास पनि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ