गोडरेज एप्लायन्सेसले ल्यायो “मनैदेखि वाह!” उत्सव योजना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
981
Shares
काठमाडौँ। नेपालका उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सव योजना “मनैदेखि वाह!” सार्वजनिक गरेको छ।
यस विशेष स्किम अन्तर्गत गोडरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू – साइड बाई साइड रिफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर र एयर कूलर – खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउनेछन्।
यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू:
साइड बाई साइड रिफ्रिजरेटर खरिदमा वाटर डिस्पेन्सर
फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा एरियल ६ किलो
टप/ट्विन टब वाशिङ मेसिन खरिदमा एरियल ३ किलो
एयर कन्डिसनर खरिदमा नि:शुल्क जडान
यसका अतिरिक्त, उपभोक्ताले रु. ३१,५००/- सम्मको क्यासब्याक, नि:शुल्क डेलिभरी, तथा सजिलो एक्सचेन्ज र ईएमआई सुविधा पनि पाउन सकिने कम्पनीले जनाएको छ।
गोडरेज एप्लायन्सेसले सधैँ जसो उपभोक्ताका आवश्यकता र चाडपर्वको महत्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्ने गरेको छ। यस पटकको “मनैदेखि वाह!” स्किम उपभोक्तालाई दसैँ, तिहार र छठ पर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो।
गोडरेज एप्लायन्सेसबारे
गोडरेज इन्टरप्राइजेज ग्रुप अन्तर्गतको गोडरेज एन्ड बोइस को एप्लायन्सेस व्यवसाय भारतकै अग्रणी होम एप्लायन्सेस ब्रान्ड हो। सन् १९५८ मा फ्रिज उत्पादन गर्ने पहिलो भारतीय कम्पनीका रूपमा सुरु भएको यस ब्रान्डले आज वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर, एयर कूलरलगायतका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। ‘सोचविचार गरेर बनाइएका सामानहरू’ भन्ने दर्शन अनुसार गोडरेजले नवीनतम प्रविधि, उपयोगी डिजाइन र वातावरणमैत्री उत्पादनहरू बजारमा ल्याउँदै आएको छ।
चौधरी ग्रुपबारे
चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो र बहु आयामिक व्यापारिक समूहमध्ये एक हो, जसको सहायक कम्पनी सीजी इलेकट्रोनिक्सले नेपालमा गोडरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।