arrow

बडादशैँको तेस्रो दिन, शक्तिपीठमा भक्तजनको घुइँचो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
sakti-pith.jpg

काठमाडौं। घटस्थापनासँगै सुरु भएको बडादशैँको तेस्रो दिन आज (बुधबार) चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदैछ। यस अवसरमा काठमाडौं उपत्यकाका शक्तिपीठ तथा मन्दिरहरूमा दर्शनार्थीको बाक्लो भीड लागेको छ।

उपत्यकाका भद्रकाली, नरदेवी, शोभा भगवती, पशुपति, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, र नक्शाल भगवती लगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

नवरात्रको नौ दिनमा फरक-फरक देवीहरूको पूजा गर्ने परम्परा छ। घटस्थापनाको पहिलो दिन शैलपुत्री र दोस्रो दिन व्रह्मचारिणी देवीको पूजा गरिएको थियो। धार्मिक विश्वासअनुसार, नवरात्रभरि देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यसैले, वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ, र यसरी १५ दिनसम्म बडादशैँ पर्व मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ