arrow

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
erika-gurung-82-6-9.jpg

काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । 

विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।

सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन् ।

सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ