arrow

आणविक निःशस्त्रीकरण दिवस

विश्वमा अझै १२ हजार भन्दा बढी आणविक हतियार बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
atom-test.jpg

काठमाडौं। आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस विश्वभर मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१३ देखि मनाउन सुरु भएको हो। यद्यपि, विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा नै पहिलो प्रस्ताव पेस भएको थियो।

राष्ट्रसङ्घका अनुसार, विश्वमा आज पनि करिब १२ हजार २४१ आणविक हतियारहरू विभिन्न देशमा बाँकी रहेका छन्। यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई हतियारहरूको पूर्ण उन्मूलनका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ