arrow

मुस्ताङमा धार्मिक परम्पराअनुसार भित्र्याइयो फूलपाती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
phulpati-mustang.jpg

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ ।

यहाँस्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ-आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो ।

यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाजागाजासहित गणेश मन्दिरमा पुर्‍याइएको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म र जिल्ला प्रहरी कार्यालयले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पुर्‍याएको थियो ।

यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पुर्‍याइएको फूलापातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पूजाआजा गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ