तुइनखोलाको पहिरो पन्छाइयो, खुल्यो नारायणगढ–मुग्लिन सडक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
932
Shares
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । बिहान ११ बजेपछि खसेको पहिरो साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।