arrow

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
bhaktapur_district_map.png

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, मिलनचोक बस्ने २८ वर्षीय सोनम शेर्पालाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ। शेर्पाको घर रामेछापको गोकुलगंगा गाउँपालिका–७ हो।

सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगाती बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ