arrow

एसियाली एक्वेटिक्स च्याम्पियनशिपमा अथर्वले तोडे दुई राष्ट्रिय कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
swimming-atarbha-kalkin.jpg

काठमाडौँ । नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनशिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे । 

सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११।११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।

अथर्वले अर्को कीर्तिमान ४ सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् । राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा अथर्वले ४ मिनेट ५८.३४ सेकेन्ड समय निकाले ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ