arrow

महाष्टमी पर्व देशभर श्रद्धा र भक्तिभावले मनाइँदै, जनकपुरधाममा विशेष चहलपहल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
mahaastami-janakpur.jpg

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडा दशैँअन्तर्गत आज महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्तिभावसहित मनाइँदैछ। धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ। भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन्।

जनकपुरधामस्थित माता राजदेवी मन्दिर मा आज (मङ्गलबार) बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ। श्रद्धालुहरू पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ। घरपरिवारसहित आएका भक्तजनहरू दर्शन, आरती र चढावा अर्पण गर्न लामबद्ध उभिएका छन्।

महाष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि प्रचलित छ। राजदेवी मन्दिर परिसरमा आज राति ८ बजेपछि बलि प्रदान गरिने महावीर युवा कमिटीले जनाएको छ। कमिटीकाअनुसार बलिप्रदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ भने भक्तजनहरूको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ।

महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वपूर्ण दिनमध्ये एक मानिन्छ। देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दा जीवनबाट दुःख–दरिद्र हटेर सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास राखिन्छ। जनकपुरधाम मात्र नभई देशभरका शक्तिपीठहरूमा आज विशेष पूजा, आरती र बलि कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ