राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना, सुशासन र समृद्धिको कामना
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
998
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वका अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन्।
राष्ट्रपति पौडेलले भनेका छन्, "सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु।"
उनले विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने विश्वास व्यक्त गरेका छन्।