arrow

भक्तपुरमा नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
durga-nach-81-9-16.jpg

भक्तपुर । तान्त्रिक नाचका रूपमा प्रसिद्ध भक्तपुरको नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ। प्रत्येक वर्ष विजयादशमीको दिनदेखि यो नृत्यको प्रारम्भिक चरण शुरु हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिएका छन्।

नवदुर्गा नाचको प्रारम्भिक नृत्य तौलाछें टोलको झट्टाप्वा नासद्यः (नृत्यनाथ) मा हुने गर्छ। यहाँ नवदुर्गाका मूल पुजारी कर्माचार्यले देवगण हुने सबै वनमालाहरूलाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि 'घंघला सिं ल ल्हायगु' (घँुघँुरु हस्तान्तरण) गरेपछि नृत्य औपचारिक रूपमा शुरु भएको मानिन्छ।

यो सिद्धि थाप्ने विधानका क्रममा पुजारीले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कायँ बाजा तथा घँघलाहरू नास द्यःअगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन छ।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घँघला प्राप्त गरेका बनमालाहरूले नास द्यःअघितिर बाजा बजाइ नवदुर्गा नृत्यको पहिलो प्रस्तुति गर्नुपर्ने प्रचलन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ