arrow

बालेन र सुदनविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
uml-anarayapeu.jpg

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ।

मङ्गलबार साँझ अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल सहितको टोली तोडफोड, आगजनी र प्रहरी हत्या प्रयास गरेको विषयमा उजुरी दिन प्रहरी परिसर पुगेको हो।

अनेरास्ववियुले भदौ २४ मा भएको जेन-जी आन्दोलनको क्रममा संसद् भवन, सिंहदरबार परिसर र विभिन्न प्रहरी कार्यालयहरूमा भएको तोडफोड र आगजनी तथा प्रहरीमाथि भएको निर्घात कुटपिट को घटनामा यी दुई नेताको संलग्नता रहेको भन्दै जाहेरी दिन खोजेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ