arrow

गण्डकी प्रदेश सभा बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
gandaki-province-pradesh.jpg

पोखरा । बुधबारका लागि आह्वान गरिएको गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताएको छ । 

मंगलबार बसेको कार्यव्यवस्था बैठकमा सांसददहरूले तयारी नपुगी बैठक नराख्न सुझाव दिएपछि स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । अर्को बैठक पछि तय हुने उनले बताए । 

जेनजी आन्दोलनका क्रममा संसदको मूल भवन जलेर नष्ट भएपछि मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहललाई अस्थायी संसद सभाहल तयार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ