arrow

राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो सङ्कट विगतमा थिएन- प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
prachanda-agni.jpg

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो सङ्कट विगतमा कहिल्यै नभएको बताएका छन्।

शुक्रबार ललितपुरस्थित एक होटलमा सम्पादकहरूसँगको कुराकानीमा उनले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको दाबी गरे। प्रचण्डले अहिले पनि राजनीतिक सङ्कट कायम रहेको उल्लेख गर्दै मुलुकले अहिलेको जस्तो ठूलो दबाब विगतमा कहिल्यै भोग्नु नपरेको जिकिर गरे।

अहिलेको यस विषम परिस्थितिमा सबै राजनीतिक दल र नागरिक समाजहरू मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उनको भनाइ छ। फेरि एक पटक सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला आएको उनले बताए।

प्रचण्डले विगतको समीक्षा र आउने दिनका बाटोहरूका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ