arrow

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक: वर्तमान सुरक्षा अवस्थाको समीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
sushila-surakcha-parisad.jpg

काठमाडौँ। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज (सोमबार) परिषद्को ४०औँ बैठक सिंहदरबारस्थित सचिवालयमा बसेको छ।

रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै बैठकमा हालको वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको बताएका छन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ