arrow

गिरीबन्धु टि-स्टेट प्रकरण

गृहमन्त्रीले गरे गिरीबन्धु टि-स्टेट प्रकरणमा उजुरी दिन आह्वान

कानूनी प्रक्रियाबाटै फाइल खुल्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
omprakash-aryal-82-5-30rr.jpg

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्नका लागि उजुरी दिन आह्वान गरेका छन्।

सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले नागरिकले उठाउँदै आएका प्रकरणहरूको फाइल खोल्नका लागि मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने भन्दै पीडितले लिखित उजुरी दिए प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन्। लिखित रूपमा उजुरी राज्य संयन्त्रमा आएपछि मात्र त्यस विरूद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

गृहमन्त्री अर्यालका अनुसार, "पहिला पहिला आदेशले हुन्थ्यो। अहिले कानूनले हुन्छ। जे छ, कानूनबमोजिम हुन्छ। भइरहेको कानून कार्यान्वयन हुन्छ। हस्तक्षेप कतै पनि हुँदैन।" उनले कुनै पूर्वाग्रह नराखी कानून, प्रमाण र उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गरे।

उनले गिरीबन्धु लगायतका प्रकरणमा उजुरी आउनुपर्ने र त्यो उजुरी अख्तियार वा प्रहरी प्रशासनमा ल्याइदिनुपर्ने बताए। बैना दिएका पीडितहरूले नै बैना संकलनको प्रक्रिया, त्यसको सम्भावित दुरुपयोग र निर्णय गराउने कुरामा भएको खर्चको बारेमा राज्य संयन्त्रमा लिखित जानकारी ल्याइदिनुपर्नेमा गृहमन्त्रीले जोड दिएका छन्।

कानूनको अघि सबै समान रहेको र गल्ती गरेको छ भने सबै सजायको भागिदार हुनुपर्ने उनको भनाइ छ। यसै क्रममा, मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ