arrow

अमेरिकाले भन्यो - दुर्लभ खनिज नियन्त्रण गर्ने चीनको कदम 'विश्वव्यापी विवाद'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
bessent-usa-finance-minister.jpg

काठमाडौँ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधवार बेइजिङले दुर्लभ खनिज नियन्त्रण गर्ने उद्देश्यले चालेका कदमहरूको कडा आलोचना गरेका छन्। उनले यो मुद्दालाई ‘चीन र बाँकी विश्व’ बीचको विवाद भएको बताउँदै वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछन् भनी स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको वार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला अर्थमन्त्री बेसेन्टको यो टिप्पणी आएको हो।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ।”

बेइजिङले कार, विद्युतीय र रक्षा उद्योगका सामानहरूका लागि चुम्बक बनाउन प्रयोग हुने दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उनको यो भनाइ आएको हो। चीन यी खनिजहरूको विश्वको अग्रणी उत्पादक हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पनि यो कदमको आलोचना गर्दै भने, “यो केवल अमेरिकाको बारेमा मात्र होइन। चीनको यो घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन। यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ। दुई पक्षबीचको युद्धविराम अस्थनयी रहेको र नोभेम्बरको सुरुमा समाप्त हुनेछ। चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। बेसेन्टले दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव रहेको समेत उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ