arrow

विपिन जोशीको निधनले राष्ट्रपति पौडेल मर्माहत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
ramchandra-sss.jpg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा 'लर्न एण्ड अर्न' कार्यक्रममा सहभागी हुन गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध भएको बताएका छन्।

राष्ट्रपति पौडेलले प्यालेस्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आफूले समेत पटक-पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् उनको निधन भएको भन्ने खबरले आफूलाई स्तब्ध बनाएको बताएका हुन्।

उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ