arrow

गुल्मीका वन दुर्लभ चराहरूको मुख्य आश्रयस्थल, विश्वका छ दुर्लभ प्रजाति फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
bird-chara.jpg

गुल्मी। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र विश्वमा पाइने दुर्लभ चराहरूको मुख्य आश्रयस्थल बन्दै गएको छ। नेपाल पंक्षी संरक्षण सङ्घका अनुसार, विश्वका दुर्लभ चराहरूमध्ये ६ प्रजातिका चराहरू गुल्मीमा फेला परेका छन्।

नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले रेसुङ्गा र मदाने वन दुर्लभ चराहरूको मुख्य वासस्थान रहेको जानकारी दिएका छन्। रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल जस्ता दुर्लभ प्रजातिका चराहरू रेकर्ड गरिएका छन्।

सर्भेक्षण अनुसार, रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर समेत पाइन्छ। पछिल्लो सर्भेक्षणअनुसार जिल्लाका यी दुई वन संरक्षण क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरूको तथ्याङ्क रेकर्ड गरिएको छ। यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको कुल सङ्ख्याको ३५ प्रतिशतभन्दा बढी हो।

अति सङ्कटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्न स्थानीय एवं सरोकारवालाहरूले जोड दिएका छन्। रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीमा धार्मिक पर्यटनसँगैसँगै चरा पर्यापर्यटनको समेत प्रचुर सम्भावना रहेको बताएका छन्, जसले स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यद्यपि, दुर्लभ प्रजातिका चरा संरक्षणका लागि वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार र जनचेतनाको अभाव जस्ता कारण मुख्य चुनौतीका रूपमा रहेका छन्। नेपाल पंक्षी संरक्षण सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ