arrow

इनास एसिया संयोजकमा पाण्डे निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
dayaram-panday.jpg

काठमाडौँ । प्रसिद्ध गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ को एसिया क्षेत्रीय समितिको संयोजकमा निर्वाचित भएका छन् ।

काठमाडौँमा आयोजित छैठौँ इनास ग्लोबल महाधिवेशन-२०८२ बाट पाण्डे एशिया संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनको कार्यकाल दुई वर्ष (२०२५-२०२७) को हुनेछ । उनी यसअघि इनास नेपालको अध्यक्ष थिए ।

इनास सन् २०१२ मा पोल्यान्डबाट शुरू भएको संस्था हो ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र संबर्द्धन गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ