arrow

निजी क्षेत्रप्रति सधैँ प्रहार किन हुन्छ भनेर सोच्ने बेला आयो : अन्जन श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
anjan-shrestha.jpg

काठमाडौँ । उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अञ्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमा प्रहार भएको बताएका छन् । 

ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहार गर्ने र छानिछानि व्यवसाय र घर आगजनी गर्ने काम भएको भन्दै सधैँ निजी क्षेत्रप्रति प्रहार किन हुन्छ भनेर सोच्ने बेला आएको बताए । 

उनले भने, ‘निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा नै प्रहारहरू पनि भयो । हाम्रो व्यवसाय जलाइए, छानिछानि घर घरमा गएर आगजनी गर्ने काम भयो । यो निजी क्षेत्रप्रति जुन प्रहार भयो नि त्यो सारै नै नराम्रो भएको छ । किन सधैँ निजी क्षेत्रप्रति प्रहार हुन्छ भन्ने प्रश्न पनि छ । यसबारे हामी सबैले सोच्नुपर्छ यसमा निजी क्षेत्रको पनि कतै कमजोरी छ कि र त्यो कमजोरीलाई सुधार पनि गर्नुपर्छ । यस तर्फ सोच्ने बेला पनि आएको छ ।’

साथै, उनले भ्रष्टाचारको विरुद्धमा हरेक जनताको मनमा रहेको आक्रोशलाई जेनजी भाइबहिनीले उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको भन्दै यस विषयमा ती भाइबहिनीलाई नमन पनि गर्नुपर्ने बताए । 

उनले भने, ‘जेनजी युवाहरू एउटा परिवर्तनको संवाहक बनेर राज्यमा एउटा नयाँ परिवर्तन ल्याएको छ । त्यो परिवर्तन वास्तविक तपाईं हामी सबैको उकुस मुकुस पनि थियो । बेतिथि, विसंगति पनि थियो । सबैलाई सुशासन छैन भन्ने थियो भ्रष्टाचार व्याप्त छ, व्यक्तिवादी छ भन्ने थियो । यो कुरा सबैको मनमा लुकेर बसेको थियो । जेनजी भाइबहिनीहरूले त्यसलाई उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको छ । त्यसकारण ती भाई बहिनीहरूलाई हामीले नमन गर्नुपर्ने हुन्छ ।’

साथै, फागुनमा हुन लागेको निर्वाचन समयमा नै सम्पन्न गर्नका लागि सहज वातावरण बनाउनका लागि निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अर्को कुरा निर्वाचन गर्ने भनेको छ । निर्वाचन समयमा नै हुनुपर्छ भन्ने कुरा हामीले राख्नुपर्छ भन्दा पनि निर्वाचन समयमा नै होस् भन्ने किसिमले वातावरण बनाउनको लागि हामीले पनि भूमिका खेल्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ