arrow

बाँदरको आतङ्कले भोजपुरका किसानलाई समस्या: समयअगावै सुन्तला टिप्न बाध्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
suntala-tipai.jpg

भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण यहाँका किसानहरू समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्। पछिल्ला वर्षहरूमा बाँदरको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरूले बताएका छन्। सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

बाँदरको हुलले सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ। उनले भने, “छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ। फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।”

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ। तर, बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ। समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय कृषक गीता कार्कीले बताएकी छिन्। किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ