मलाई म एकदमै खास लाग्छ
किनभने म आफैँ आफ्नो कथा लेख्छु
जीवनले जति चोट दिए पनि हाँस्दै उठ्छु र भन्छु
"अझै बाँकी छ मेरो यात्रा"
म आँधी सङ्ग डराउदिन
म अध्याँरोमा हराउँदिन
म आफ्नो मनको आवाज सुन्छु
र म आफू भित्रको शक्ति पहिचान गर्छु
कहिलेकाहिँ आँधी आउँछ ,आँसु झर्छ
तर म कहिल्यै आफैँबाट टाढा हुँदिन
किनकि मलाई थाहा छ
मभित्र एउटा उज्यालो आत्मा छ
कसैलाई मेरो हाँसो मन पर्ला
तर मलाई मेरो आँसुको पनि माया लाग्छ
किनकि दुवैले मलाई म बनाएका छन् ।
हो म खास छु किनकि म आफैँलाई माफ गर्न सक्छु
आफैँलाई प्रेम गर्न सक्छु आफ्नो अस्तित्वमा गर्व गर्न सक्छु
म खास छु किनकि म बदलिँदै जान सक्छु
बितेका दिनहरुबाट सिक्दै भोलिको उज्यालोमा पाइला राख्न सक्छु
हो म अरु भन्दा खास छु किनकि
म टुटेर पनि जोडिन सक्ने आट राखेर हिंड्न् सक्छु
हरेक चोटलाई कथामा परिवर्तन गर्न सक्छु
त्यसैले कसैले मलाई तिमी फरक छौँ भनेर भने पनि
म गर्वका साथ भन्छु हो म फरक छु
यहीँ फरक छु र पो मेरो लागि म खास छु
यहीँ त मेरो पहिचान हो ।