arrow

घरजग्गा कारोबार गर्ने कम्पनीलाई विभागले अनुमतिपत्र दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
bhumi-byabasthapan-tatha-abhilekh-bibhag.jpg

काठमाडौँ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीहरूका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने भएको छ।

विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीहरूलाई अनुमति प्रदान गर्न लागिएको जानकारी दिँदै आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। अनुमतिपत्र लिन चाहने कम्पनीहरूले एक महिनाभित्र आवेदन दिन सक्नेछन्।

विभागको सूचनाअनुसार, एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ।

स्मरण रहोस्, सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिन सक्ने व्यवस्था गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ