arrow

विश्वकप लिग-२

नेपाल र अमेरिका मैदानमा, नेपाल पहिले ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
wcl-nep-usa-25-11-1.jpeg

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको तेस्रो खेलमा नेपालले अमेरिकासँग खेलिरहेको छ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले दुई रन जोड्दा नै आसिफ शेखलाई २ रनमा गुमाएको थियो । त्यसपछि भिम शार्की र कुशल भुर्तेलले ब्याटिङ सम्हालेका छन् । पहिलो खेलमा नेपाल अमेरिकासँग सहजै पराजित भएको थियो ।

अंक तालिका
विश्वकप लिग-२ मा १८ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ८ अंक छ । 

तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको पहिलो स्थानमा पुगेको छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ । 

नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ । 

दोस्रो खेलमा यूएईसँग पराजित 
दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाल ५ विकेटले पराजित भयो । 

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा २३४ रनको चुनौती यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । आर्यान्श शर्माले ९८ बलमा ९८ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । 

 यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको शतकमा सबै विकेट गुमाएर २३३ रन  बनायो । रोहितले संयमित ब्याटिङ गर्दै १३० बलमा १०९ रन बनाए । 

उनले ३ वर्ष ७ महिनापछि एक दिवसीयमा दोस्रो शतक बनाए । यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए । 

आसिफ शेखले ३५ तथा आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए । जुनैद सिद्दिकीले ३ तथा जहिद अलीले २ विकेट लिए । 

लिग–२ मा नेपालले अहिलेसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। 

अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो। अमेरिकाले यूएईलाई पनि चार विकेटले हराइसकेको छ। 

पहिलो खेलको नतिजा

पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईको मैदानमा भएको खेलमा नेपालले टस जिते पनि खेल हारेको छ । 

नेपाल १०६  रनको फराकिलो अन्तरले पराजित भएको हो । पहिले बलिङ नचलेको नेपालको ब्याटिङ त्यो भन्दा पनि खराब भएसँगै फराकिलो अन्तरले पराजित भएको हो । 

नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । 

अमेरिकाका लागि ‌ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । 

जवाफमा नेपालले ३९.१ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनाउन सक्यो । दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको नेपालको हारको श्रृंखला अब ४-१ को अन्तरमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ