सीजी ब्रान्डको “दसैँ टिका फोटो सेयर र जितौँ” प्रतियोगितामा विजेता सीता खनाललाई नयाँ सीजी मेरिडिया ४३ इन्च ४के टेलिभिजन प्रदान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
652
Shares
काठमाडौँ। सीजी ब्रान्डले ‘दसैँ टिका फोटो सेयर र जितौँ’ प्रतियोगिताकी विजेता बुढानीलकण्ठ निवासी श्रीमती सीता खनाल सापकोटालाई सीजी मेरिडिया ४३जीटीभीयू५ — ४३ इन्च कृत्रिम बौद्धिकता (एआई) ४के अल्ट्रा उच्च परिभाषा टेलिभिजन प्रदान गरेको छ।
सीजीद्वारा प्रदान गरिएको यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो। जसले कृत्रिम बौद्धिकता प्रविधि र उच्च गुणस्तरीय ४के दृश्य अनुभव उपलब्ध गराउँछ।
विजेता सापकोटाले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, “म साँच्चै अत्यन्तै खुसी छु कि म ‘सीजी दसैँ टिका फोटो सेयर र जितौँ’ प्रतियोगितामा विजेता बनेँ। सीजी मेरिडिया ४३ इन्च एआई ४के टेलिभिजन जित्नु मेरो लागि अविस्मरणीय क्षण हो। यस सुन्दर अवसरका लागि म सीजी परिवारप्रति आभारी छु।”
प्रतियोगिताको उद्देश्य दसैँ पर्वको पारिवारिक एकता, खुसी र सांस्कृतिक आत्मीयतालाई डिजिटल माध्यममार्फत साझा गर्नु रहेको थियो। देशभरबाट सहभागीहरूले पठाएका टीका तस्बिरहरूले नेपाली संस्कृतिको सामूहिकता र परम्परागत सौन्दर्यलाई उजागर गरेका थिए।
विजेतालाई टेलिभिजन सीजी होम उपकरण विभागका प्रतिनिधि श्री भरत प्रसाद साह र सज्ञान ढकालले एक विशेष समारोहका बीच हस्तान्तरण गरेका थिए।
सीजी इलेकट्रोनिक्सले विगत ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निभाउँदै आएको छ। कम्पनीले गुणस्तरीय उत्पादन, प्रविधिमैत्री नवप्रवर्तन र उत्कृष्ट ग्राहक सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ।
हाल देशभरका २० आधुनिक शोरुम र ४० सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको सीजीले आफ्ना ग्राहकका सुविधाका लागि आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन खरिद सेवा पनि सञ्चालन गरेको छ।
सीजीको यस सञ्जाल र विश्वसनीय सेवाले ब्रान्डलाई “गुणस्तर र विश्वासको प्रतीक” का रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।