arrow

रिच ड्याड पोर ड्याड नेपाली भाषामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
richdad-poor-dad.jpg

काठमाडौँ । “रिच ड्याड पोर ड्याड” को नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्ने सम्झौता भएको छ ।

उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्धारा लिखित चर्चित अन्तर्राष्ट्रिय पुस्तक ““रिच ड्याड पोर ड्याड””  अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क. प्रा. लि., नेपालले रिच ड्याड अपरेटिङ कम्पनी, एलएलसी, एरिजोना, यूएसएसँग सम्झौता गरेको हो । 

सम्झौतामा कम्पनीका तर्पmबाट कम्पनीका कार्यकारी अधिकृत किम कियोसाकी र कथालय इन्क प्रा. लि., नेपालका तर्फबाट कम्पनीका सहसस्थापक तथा निर्देशक राजीव धर जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

हालसम्म यो पुस्तक विश्वभर ४ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने १०९ राष्ट्रमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ ।
 
कथालय इन्कले यो पुस्तक “रिच ड्याड पोर ड्याड” लाई आधिकारिक रूपमा नेपाली भाषामा आफ्नो ब्राण्ड विरिडबाट प्रकाशन गर्ने भएको छ । 

नेपाली पुस्तक बजारमा कतिपय अन्तर्राष्ट्रिय पुस्तकहरू मूल प्रकाशक वा एजेन्टसँग अनुमति नै नलिई प्रकाशन हुने गरेको छ । 

त्यसैगरी अनधिकृत रूपमा पुस्तकहरू अनुवाद एवम् प्रकाशन हुने हुँदा विश्वसामु नेपाली प्रकाशनको छवि धुलमलिएको अवस्थामा छ । 

यस सम्झौता पश्चात पुस्तक प्रकाशनले नेपाली प्रकाशनको छविलाई केही हदसम्म राम्रो बनाउन मद्दत गर्ने कथालयका सहसंस्थापक तथा निर्देशक राजीव धर जोशीको विश्वास छ । 

कम्पनीसँगको हस्ताक्षर पश्चात् कम्पनीलाई आधिकारिक रूपमा रोयल्टी भुक्तानी गरिसकेको छ । यस पुस्तकको नेपाली अनुवाद पश्चात पुस्तकको नाम “धनी बुबा गरिब बुबा” रहने छ भने पुस्तक पुस मसान्तभित्र बजारमा उपलब्ध हुनेछ ।

पैसाप्रतिको विश्वको सोच परिवर्तन गर्ने पुस्तक
यो पुस्तकले विश्वभरका करोडौँ पाठकहरूको सोच, लगानी शैली र आर्थिक स्वतन्त्रताको दृष्टिकोणमा आमूल परिवर्तन ल्याइरहेको छ ।

सन् १९९७ मा पहिलोपटक प्रकाशित यो पुस्तकले काम, धन र शिक्षाप्रतिको परम्परागत सोचलाई चुनौती दिन्छ । दुई बुबा पात्रहरूका शिक्षामार्फत – आफ्नै उच्चशिक्षित तर आर्थिक रूपमा सङ्घर्षरत “पोर ड्याड” र मित्रका आर्थिक रूपमा कुशल “रिच ड्याड” – कियोसाकीले वित्तीय शिक्षाको महत्त्व, लगानीको समझ र उद्यमशील सोचमार्फत दीर्घकालिन आर्थिक स्वतन्त्रता कसरी प्राप्त गर्न सकिन्छ भन्ने देखाएका छन् ।
“पैसाका लागि काम नगर्नुहोस् – पैसालाई तपाईंका लागि काम गर्न सिकाउनुहोस् ।”

यस पुस्तकको विशेषता
१. विश्वभर ४ करोडभन्दा बढी प्रतिहरू बिक्री भइसकेको ।
२. ५१ भन्दा बढी भाषामा अनुदित भइसकेको । 
३. न्यूयोर्क टाइम्सको बेस्ट–सेलर सूचीमा लगातार छ वर्षभन्दा बढी समयसम्म स्थान ओगटेको । 
४. लाखौँ मानिसलाई वित्तीय शिक्षा र व्यक्तिगत विकासतर्फ प्रेरित गर्न सफल । 

यस पुस्तकका लेखक रोबर्ट कियोसाकी भन्छन् “आर्थिक स्वतन्त्रता अधिकार हो, विशेषाधिकार होइन । मानिसहरूले पैसाले वास्तवमा कसरी काम गर्छ भन्ने कुरा जतिसक्दो चाँडो सिक्यो त्यति नै उनीहरू आफ्नो आर्थिक भविष्य आफैले तय गर्न सक्छन् ।”

 


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ